खेल

एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३-० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

चार खेलबाट आर्मीको ९ अंक भएको छ । समान अंक भएपनि गोलअन्तरमा पछि पर्दै कोशी प्रदेश तालिकाको तेस्रो स्थानमा झरेको छ । १० अंकमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा कायम छ । हारपछि बागमती ३ अंकका साथ सातौं स्थानमा छ ।  

आर्मीको जितमा विमला चौधरीले २६औं र अमिशा कार्कीले ६१औं मिनेटमा गोल गरे । अर्को गोल भने आर्मीले उपहार पाएको थियो । बागमतीकी सन्जु थिगंले आत्मघाती गोलको उपहार दिएकी थिइन् । 

प्रकाशित: २७ भाद्र २०८१ १७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App