खेल

अस्ट्रेलियन खेलाडीको कारबाही फिर्ता लिन माग

सिड्नी- क्रिकेट कमर्चारीकाे संस्था अस्ट्रलियाली क्रिकेट संघले बल टेम्परिङ्ग प्रकरणमा कारवाहीमा परेका रास्ट्रिय टिमबाट निलम्बित अस्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याट्सम्यान ब्याङ्क्रफ़्टको कारवाही फिर्ताकाे माग गरेकाे छ।

दक्षिण अफ्रीकासँग गत साता केप टाउनमा भएको तेस्राे टेस्ट खेलमा स्मिथ र वार्नरको निर्देशनमा बेन्फ्रोक्टले  बल टेम्पर गरेका थिए। लगतै अस्ट्रेलियाली क्रिकेट बोर्डले कप्तान र उपकप्तालार्इ पदबाट निलम्बित गरेको थियो भने एक वर्ष सम्म सबै खेलमा प्रतिबन्ध समेत गरेको थियो। बेन्फ्रोक्टलार्इ भने नौ महिने प्रतिबन्ध लगाएको थियो।

अस्ट्रेलियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष ग्रेग डायरले पत्रकार सम्मेलन गर्दै उनीहरुको निलम्बन अवधि घटाएर खेलमा फर्काउन अनुरोध गरेका छन्।  'हामी क्रिकेट बोर्डलाई खेलाडीहरुको निलम्बन अवधि घटाएर वा पुनर्विचार गरि खेलाडीहरुलाई खेलमा फर्काउन आग्रह गर्दछौ', डायरले भने।

आउँदो मंगलबारसम्म खेलाडीहरुले बोर्डले गरेको निर्णयमा अपिल गर्न पाउने भएतापनि निलम्बित खेलाडीहरु त्यसको पक्षमा नरहेको बताइएको छ।

प्रकाशित: २० चैत्र २०७४ ११:३९ मंगलबार

अस्ट्रेलियन खेलाडीको कारबाही लिन माग