खेल

दोस्रो ताप्लेजुङ गोल्डकप : रकम जम्मा नहुँदा तत्काललाई साढे १७ लाख अपुग

स्रोत सुनिश्चित भएपनि जम्मा हुन बाँकी रहेकोले दोस्रो ताप्लेजुङ गोल्डकपको आर्थिक सन्तुलनका लागि साढे १७ लाख बढी रकम अपुग देखिएको छ । गोल्डकप सकिएको १६औं दिनमा बुधवार आयोजक लाखेजात्रा सञ्चालन समितिले गोल्डकपको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।  

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार यसवर्ष ५५ लाख ६४ हजार १ सय २९ रुपैयाँ आयोजकको खातामा जम्मा भइसकेको छ । गोल्डकपमा ७३ लाख २० हजार ७ सय ४८ रुपैयाँ खर्च भईभएको श्रेष्ठले जानकारी दिए । 

१० हजार रुपैयाँको बिलपछि मात्र प्राप्त हुन आएकोले यो रकमको दायित्व पनि आयोजकसँग हुनेछ । योसहित १७ लाख ६६ हजार ६ सय १९ रुपैयाँ तिर्न बाँकी रहेको आयोजकले जनाएको छ । फुङलिङ नगरपालिकाबाट ५ लाख तथा यहाँका अरु ८ गाउँपालिकाले कम्तिमा १–१ लाख रुपैयाँको दरले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।  

अपुग रकममध्ये जिल्ला समन्वय समिति, पाथीभरा(मुक्कुमलुङ) दर्शन केवलकार प्रालि, हाइड्रोपावर कम्पनी, संघसंस्था र व्यक्तिसहित अस्थायी प्याराफिटमा लगाईएको बासविक्रीबाट प्राप्त हुने र आर्थिक सन्तुलन मिल्ने आयोजक समिति अध्यक्ष देवराज गुरुङले विश्वास लिएका छन् । अहिलेसम्म आयोजकले टिकट विक्रीबाट २३ लाख ७६ हजार ६ सय रुपैयाँ र व्यक्ति तथा संघसंस्थाबाट ३१ लाख ८७ हजार ५ सय २९ रुपैयाँ संकलन भएको थियो ।  

दोश्रो पुरस्कार २ लाख ५२ हजार ५ सय ५ रुपैयाँ सिरिजङ्गा गाउँपालिका–७ खेवाङका वडाअध्यक्ष बुद्धिप्रसाद दाहाल,विद्यागत पुरस्कार ८५ हजार रुपैयाँ फुङलिङ नगरपालिका ४ का स्वर्गीय सूर्यकुमार श्रेष्ठको स्मृतिमा परिवारजनबाट र प्रत्येक खेलको म्यान अफ दी म्याच ७ खेलको ३५ हजार पूर्व खेलाडी तथा शैक्षिक व्यक्तित्व स्वर्गीय गणेशबहादुर राईको स्मृति तथा माधव प्रधानको सहजीकरणमा उपलब्ध भएको थियो ।  

यस्तै खेलमैदान तयारीतर्फ ३ लाख ३९ हजार ९ सय ६३ रुपैयाँ, प्याराफिट निर्माणतर्फ १२ लाख ७२ हजार ९ सय ७४ रुपैयाँ, स्टेज व्यवस्थापनतर्फ २ लाख २२ हजार ७ सय ३५ रुपैयाँ, कार्यालय व्यवस्थापनतर्फ २ लाख ४७ हजार ७ सय ४० रुपैयाँ र पुरस्कार ट्रफी मेडलतर्फ ९ लाख ६३ हजार २ सय ६७ रुपैयाँ खर्च भएको छ । यसैगरी टिम व्यवस्थापनतर्फ १५ लाख ९२ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ ।  

रेफ्री र अफिसियल व्यवस्थापनतर्फ ६ लाख ३ हजार १ सय १० रुपैयाँ, यातायात व्यवस्थापनतर्फ २ लाख ५ हजार ७ सय ६५ रुपैयाँ खर्च भएको छ । पूर्वखेलाडी सम्मान पुरुष ३० जना र महिला १५ जनागरी ४५ जनाका लागि ७७ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । सञ्चार व्यवस्थापनतर्फ ३ लाख ६७ हजार,मेडिकल उपचारतर्फ ५९ हजार ८५ रुपैयाँ र आयोजक र स्वयंसेवक खाजा खर्चतर्फ ६ लाख २३ हजार १ सय २५ रुपैयाँ खर्च भएको छ ।  

आदर्श स्टेशनरीमा २ लाख ५ हजार १ सय ५० रुपैयाँ, जिएस पाथीभरामा १ लाख ५ हजार नौ सय, नेपाल फोटो संसार १ लाख २२ हजार ६ सय १० रुपैयाँ,केशचन्द्र इन्टरप्राइजेजलाई ४४ हजार ५ सय,नुमाफुङ साइबर सेन्टरमा २ लाख ६७ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ । आयोजकले ५ लाख ८८ हजार ८ सय १० रुपैयाँको अचल सम्पत्ति जोडेको छ । सौजन्यमार्फत १८ हजार ९ सय ५० रुपैयाँको अचल सम्पत्ति रहेको छ  ।  

लाखेजात्रा सञ्चालन समितिले लक्ष्मी सनराइज बैंक फुङलिङ शाखामा १८ लाख ५० हजार फिक्स डिपोजिटमा राखेको छ ।

प्रकाशित: २६ भाद्र २०८१ १४:४७ बुधबार

#Taplejung Gold Cup