खेल

एन्फा महिला लिग :वालिङले संकटालाई हरायो

फोटो : एन्फा

एन्फा महिला लिग फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो खेलमा वालिङ नगरपालिका विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा  वालिङ नगरपालिकाले संकटा फुटबल क्लबलाई १-० गोलले पराजित गरेको हो। जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ। संकटा भने अंक विहीन छ।

वालिङ नगरपालिकालाई जिताउन ओला नामुद्दुले निर्णायक गोल गरेकी हुन । 

प्रकाशित: २४ भाद्र २०८१ १५:३० सोमबार

#ANFA Women's League