खेल

एन्फा महिला लिग: कोशीको अपराजित यात्रा कायमै, बागमतीविरुद्ध पुलिसको कठिन जित

एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेस्रो जित दर्ता गर्दा नेपाल पुलिस क्लबले कठिन जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आइतबार कर्णाली प्रदेशलाई ४-० गोलले पराजित गर्दै कोशीले आफ्नो अपराजित यात्रा कायम राखेको हो। योसँगै कोशी ९ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ।

कोशीलाई जित दिलाउन पुर्णिमा राईले २ तथा प्रतिक्षा राई र समीक्षा मगरले समान १ गोल गरिन्। पहिलो हाफमा एक गोल गरेको कोशीले दोस्रो हाफमा तीन गोल थपेको थियो। 

पुर्णिमाले ३४ औं मिनेटमा गोल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन्। उनले ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन। ६६ औं मिनेटमा समीक्षा र ७४ औं मिनेटमा प्रतिक्षाले गोल गरेपछि कोशी आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो। हारपछि कर्णाली नवौं स्थानमा झरेको छ।

आइबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १-० गोलले पराजित गर्‍यो। जारी लिगमा पुलिसको यो दोस्रो जित हो। जितसँगै दोस्रो स्थानमा रहेको पुलिसले सात अंक पुर्‍याएको छ।

प्रकाशित: २३ भाद्र २०८१ १९:१८ आइतबार