खेल

तेक्वान्दो खेलाडी छनोट

काठमाडौं – राष्ट्रिय तक्वान्दो खेलाडी संघले सोमबार १२ खेलाडीको छनोट गरेको छ । इन्डोनेसियामा आयोजना हुने १८औं एयिसन खेलकुदका लागि ती खेलाडी छनोट गरेको तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जानकारी दिएका छन्।

त्रिपुरेश्वरस्थित तेक्वान्दो प्रशिक्षण हलमा भएको छनोटबाट ग्योरोगी पुरुषतर्फ ५८ केजीमा विभेष भट्टराई, ६३ केजीमा शुक्र विक, ६८ केजीमा प्रेमबहादुर नेपाली, ८० केजीमा सुजन रोका मगर र ८० केजीमाथिमा धीरेन्द्र सिंह कठायत क्षेत्री रहेका छन्।

यस्तै महिलातर्फ ४६ केजीमा दिना तामाङ, ५३ केजीमा अन्जली चौधरी, ५७ केजीमा सुनीता तामाङ, ६७ केजीमा विन्दु परियार र ६७ केजीमाथिमा कल्पना श्रेष्ठ छनोट हुन सफल भए।

राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका प्रतिनिधिहरूको रोहवरमा भएको छनोट प्रतियोगितामा पुम्सेतर्फ पुरुषमा रामचन्द्र गोपाली र महिलातर्फ सविना भट्टराई छनोट भएका छन्।

प्रकाशित: २० चैत्र २०७४ ०४:१६ मंगलबार

तेक्वान्दो खेलाडी छनोट