खेल

भलिबलको साख जोगाउने जिम्मेवारी भट्टलाई

सुदूरपश्चिमदेखि काठमाडौंको यात्रा, त्यो पनि भलिबलमा शून्यबाट सुरुवात गर्न। वर्ष २०७३ सालमा पहिलो पटक भलिबल छोएकी उनलाई कोर्टर खेलबारे केही जानकारी थिएन। होस् पनि कसरी ? परिवारर घर छेउमा भलिबलको माहौल थिएन। अग्लो कदले गर्दा उनको भलिबल यात्रा सुरु भयो। शून्यबाट सफल भएकी उनी आज नेपालीराष्ट्रिय महिला भलिबल टोलीकी सदस्य हुन्। उनी अर्थात कविता भट्ट।

कष्टकर अवस्थामा विभागीय टोली आर्मीबाट भलिबल यात्राको सुरुवात गरेकी कवितालाई प्रशिक्षक नरेश थापाले भलिबलको कखरा सिकाए। ‘भलिबल के हो भन्ने आर्मीमा आएर थाहा भयो। जब भलिबल खेल्न थालें यसैमा केही होला भन्ने लाग्यो। भविष्य नै यही हो भन्ने थिएन,’ कविताले सुरुवाती क्षण सम्भिन्। नौ वर्ष पहिले शून्यबाट भलिबल सुरुआत गरेकी कविता अहिले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को पिपुल्स च्वाइस अवार्डमा मनोनीत छन्।

कविता मख्ख छन्। नहोउन् पनि कसरी ? हरेक खेलाडीको सपनाको अंश उनको भागमा परेको जो छ। उनमा एक बेग्लै ऊर्जा जागेको छ। अवार्डको मनोनयमा पुग्दा मात्र खेलाडीको सफलताको केही अंक पूरा भएको महसुस हुने कविताको भनाइ छ। ‘यति चाँडै यो सफलताको कल्पना पनि गरेको थिइनँ। मनोनयनमा परेको थाहा पाउने बित्तिकै सोचें खेलजीवनले सार्थकता पायो,’ कविताले भनिन्। गत वर्ष जेठमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा डेब्यु गरेकी थिइन्।

कविताले हालसम्म तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा काभा वुमन्स भलिबल नेसन्स लिगको पहिलोर दोस्रो संस्करण, एसियन कपर रूस“गको एक मैत्रीपूर्ण खेल खेलेकी छन्। उनी आफ्नो अन्तर्राष्ट्रिय भलिबल यात्राको सफलताको सूचक प्रशिक्षक जगदीश भट्टलाई मान्छिन्। वर्ष ०५६ सालमा डँडेलधुरामा जन्मिएकी कविता अहिले यो अवार्डको दाबेदार खेलाडी हुन्। एनएसजेएफले वितरण गर्ने अवार्डको २१औं संस्करण आइपुग्दा अहिलेसम्म भलिबलले ६ पटक यो अवार्ड जितेको छ।

भलिबलको साख जोगाउने जिम्मेवारी आफूमा आएको कवितालाई लाग्छ। कविता विभागीय टोली एपिएफका लागि पनि यो अवार्डलाई जित्ने लक्ष्यमा छन्। किनभने यसअघि एपिएफकै दुई खेलाडीले यो अवार्ड जितिसकेका छन्। ‘भलिबलको साख जोगाउने जिम्मेवारी आएको छ। भलिबलले नै ६ पटक यो अवार्ड जितेको हुँदा मेरोसँगै भलिबल, भलिबल प्रेमीर मेरो क्लब एपिएफका लागि यो अवार्ड जित्नै पर्ने दबाब छ,’ कविताले भनिन्।

कविता अहिले विभागी टोली एपीएफमा छन्। वर्ष ०७४ मा एपीएफमा आएकी उनले नेपाली घरेलु महिला भलिबलमा आफ्नो बेग्लै पहिचान बनाइन्। एपिएफको महिला भलिबल टोली सातौं, आठौंर नवौंराष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा उनी टोलीकी सदस्य थिइन्। त्यस्तै कविता एपिएफका लागि एनभिए कप, टाइगर कप, ढोरपाटन भलिबल च्याम्पियनसिपलगायत धेरै प्रतियोगितामा टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन्।

यो सबै सफलता एपिएफका हालका प्रशिक्षकर पूर्वप्रशिक्षक स्वर्गीय प्रशिक्षक ज्ञानेन्द्र विष्टर टिम मेम्बरको सहयोगले भएको कविता बताउँछिन्। ‘एपिएफका लागि मैले घरेलु महिला भलिबलमा धेरै उपाधि जितिसकेकोछु। समर्थकको माया पनि बटुलेको छु। सुदूरपश्चिमबाट काठमाडौंमा आएर यति धेरै माया बटुलें। त्यही मायाले अहिले अवार्ड जित्नेमा विश्वस्त छु,’ कविताले भनिन्। कविताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने धेरै माया बटुलिन्।

भर्खरै सम्पन्न भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल दोस्रो हु“दा उनी टोलीकी मुख्य पात्रमध्येकी थिइन्। दुई वर्षको अन्तर्राष्ट्रिय भलिबल यात्रामा नै यति धेरै माया पाएकी उनी अब भने भलिबल जीवनले केही नयाँ मोड लिने समयमा छिन्। हालसम्म नेपाली भबिलमा लागेर पाएको सफलताले अर्काे रूप लिन यो अवार्ड आफ्नो लागि महŒवपूर्ण भएको कविताको भनाइ छ। ‘अवार्डको मनोनयमा पर्नु नै मेरा लागि धेरै ठूलो सफलता हो,’ उनले भनिन्।

कविताको यो सफलताले उनी मात्र होइन, उनको परिवारर सिंगो नेपाली भलिबका साथै पश्चिम नै खुसी छ। उनी जन्मेको पालिकाले त अहिले भोटको आह्वान गर्दै हिँडेको छ। भलिबल समर्थकले पनि भोटिङका लागि अभियान चलाइरहेका छन्। किनकि सम्पूर्ण भलिबलप्रेमीलाई थाहा छ, यो कविताको मात्र होइन सिंगो भलिबलको पनि जित हुनेछ।

प्रकाशित: २० भाद्र २०८१ ०८:४५ बिहीबार

#Kavita bhatta