खेल

एन्फा महिला लिग : एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ।

मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल नभई खेल बराबरीमा सकिएको हो।

यस अघि मंगलबार भएको पहिलो खेलमा पनि चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल एक एक गोल भई बराबरीमा सकिएको थियो ।

बुधवार त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच दिउँसो ३ बजेदेखि खेल हुनेछ । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ । 

प्रकाशित: १८ भाद्र २०८१ १८:३५ मंगलबार

#ANFA Women's League Football