खेल

आइडियल मोडेलको जित

नेल्सन श्रेष्ठको १६ स्कोर प्रेरणामा आइडियल मोडेलले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित निकालेको छ।

खोकनास्थित आयोजक ज्ञानोदय बालवाटिकाको कोर्टमा आइडियलले चाँदबागमाथि ४५–२५ को नतिजा निकालेको हो। ब्वाइजमै रातो बंगलाले लिटिल एन्जल्सलाई ३६–३२ को साँघुरो अन्तरले हराउँदा पाठशाला बागडोलले पनि मल्पी सिटीमाथि २१–१८ को नतिजा निकाल्यो। 

रातो बंगलाका उन्नव अर्यालले १३ स्कोर र पाठशालाका अर्नव महर्जनले आठ स्कोर गरे। ब्वाइजमा नै मोर्डन इन्डियन स्कुल (एमआइएस) ले जेम्सलाई २३–१५ ले पराजित गर्‍यो। एमआइएसका यथार्थ श्रेष्ठले १४ अंक जोडे।

गल्र्सतर्फ एनसिसिएसले एमआइएसलाई २९–१६ र पाठशाला बागडोलले लिटिल एन्जल्सलाई १४–४ को फराकिलो अन्तरले हराए। 

प्रकाशित: १७ भाद्र २०८१ ०८:५५ सोमबार