खेल

एन्फा महिला लिग सुरु, पहिलो खेलमा कोशीद्वारा वालिङ पराजित

आइतबारदेखि एन्फा महिला लिग फुटबल सुरु भएको छ । उद्घाटन खेल कोशी प्रदेशले  वालिङ नगरपालिका पराजित गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा सातदोबाटोको खेल मैदानमा भएको खेलमा कोशी प्रदेशले वालिङ नगरपालिकालाई ४- ० गोलको भारी अन्तरबाट पराजित गरेको हो । सोमबार सुदुरपश्चिम प्रदेश र बागमती युथ क्लबबीच खेल हुनेछ ।  

दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन ।

यस प्रतियोगितामा ३ विभागिय टोली (त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट २ टिम (संकटा क्लब, बाग्मती युथ क्लब) नगरपालिका २ टिम (वालिङ र चन्द्रपुर नगरपालिका)र छनोट चरणका उत्कृष्ट ३ (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश)ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन ।

पहिलो चरणको ४० खेलपछि अंक तालिकाको शीर्ष ५ टोलीलेबीचमा सुपर लिग हुनेछ । सुपर लिगमा ५ टोलीबीच डबल राउन्ड रोविन खेल हुनेछ।

सुपर लिगमा २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछन् । शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन् र त्यसको विजेता फाइनल पुग्नेछ। तेस्रो र चौथो टोलीले दोस्रो प्लेअफ खेल्नेछ। त्यसको विजेता र पहिलो प्लेअफको पराजित टोलीबीच इलिमिनेटर हुनेछ । त्यसको विजेता र पहिलो प्लेअफको विजेताबीच फाइनल हुनेछ।

लिगको विजेताले १० लाख, दोस्रोले ५ लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन।  

प्रकाशित: १६ भाद्र २०८१ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App