खेल

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित, सोमपालको उत्कृष्ट प्रदर्शन

कैलाली – सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज) को पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ। 

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको हो।

सिवाइसी अत्तरियाले दिएको १५१ रनको मध्यम लक्ष्य धनगढीले १९.२ ओभरमा ७  विकेट गुमाउदै पूरा गर्यो। धनगढीका लागि कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शनन गरे। लगातार विकेट गुमाइरहेको अवस्थामा सोमपालले १५ बलमा नटआउट ३८ रनको योगदान दिएका थिए। धनगढीका लागि सर्वाधिक रन भने रोहन मुस्तफाले ४० रन जोडे।  सोमपाल खेलको म्यान अफ दि म्याच भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सिवाइसी अत्तरियाले २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनायो।
अत्तरियाका प्रेम तामाङ र भिपिन चन्द्रलले समान २८–२८,कुशल भुर्तेलले २५, दिपेन्द्रसिंह ऐरीले १९,कृष्ण कार्कीले १४,शुवास खकुरेल र गैरव चित्कराले समान १३–१३ रनको योगदान दिए। धनगढीका लागि ललित भण्डारीले ३, रोहन मुस्तफाले २ र सोमपाल कामी र शम्सेद शेखले एक–एक विकेट लिए।

पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको थियो। टिम चौराह धनगढी भने पहिलो खेलमा काठमाडौंसँग हार ब्यहोरेको थियो।

प्रकाशित: १९ चैत्र २०७४ ०७:०५ सोमबार

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया विकेटले पराजित सोमपालको उत्कृष्ट प्रदर्शन