साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाललाई ४ -१ गोलको अन्तरबाट पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो ।
बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा नेपाल मध्यान्तर सम्म १ -० गोलले पछि परे पनि मध्यान्तर पछि ३ गोल खाएको हो ।
प्रकाशित: १२ भाद्र २०८१ १६:३१ बुधबार