दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ३-० ले पछि परेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशका लागि रबि हुसेनले टोलीका लागि तेस्रो गोल गरेका हुन् । हुसेनले ७१औं मिनेटमा गोल गरेपछि बंगलादेशले खेलमा ३० को अग्रता लिएको हो ।
बंगलादेशले पहिलो हाफको एन्ज्युरी समयमा एक र ५४औं मिनेटमा दोस्रो गोल गरेको थियो । दुवै गोल मिराजुल इस्लामले गरेका थिए ।
पहिलो हाफमा फ्रिकिकमा गोल गरेका उनले दोस्रो हाफमा हेडरमार्फत् गोल गरेका हुन् । नेपाल भुटानलाई र बंगलादेश भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
प्रकाशित: १२ भाद्र २०८१ १६:०५ बुधबार