खेल

फुटबल खेलाडीको तलब १८ हजारबाट ३० हजार पुग्यो

अखिल नेपाल फुटबल संघ एन्फाले खोलाडीहरुको तलब वृद्धि गरेको छ।

मंगलबार बसेको कार्यसमिति बैठकले खोलाडीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

खेलाडीहरुले अहिलेसम्म १८ हजार रुपैयाँ मासिक तलब खादै आएका थिए। बैठकले खेलाडीहरुको तलब मासिक १८ हजार रुपैयाँ बाट ३० हजार पुर्‍याउने निर्णय भएको शाहले बताए।

त्यस्तै एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय पनि कार्यसमिति बैठकले गरेको छ। 

बैठक मंगलबार बिहान पौने ११ बजे सुरु भएको थियो। राती सम्म चलेको बैठक बिहीबार बिहानलाई स्थगित गरेको छ। बुधबार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीबार बैठक जारी रहने प्रवक्ता शाहले बताए।

प्रकाशित: १२ भाद्र २०८१ १२:१५ बुधबार

#Foodball Team #Foodball Player Salary