खेल

एन्फा महासचिव राईको मासिक तलब २ लाख ७० हजार

अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ।

अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पु¥याउने प्रस्ताव राखेका हुन्। केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ।

हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक रहेको थियो। बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ। महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन्। बैठक सकिएको छैन।

बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे। बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ। उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो। जसमा मात्र ५ जित दिलाएका थिए। ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो। एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।

बैठक मङ्गलवार बिहान पौने ११ बजे सुरु भएको थियो। राती सम्मचलेको बैठक बिहीबार बिहानलाई स्थगित गरेको छ। बुधबार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीबार बैठक जारी रहने प्रवता शाहले बताए।

प्रकाशित: १२ भाद्र २०८१ १२:०३ बुधबार

#ANFA #Kiran Rai