खेल

ग्लेसियर कप: उपाधिका लागि आयोजक र हिमरश्मि भिड्दै

ग्लेसियर कप यु–१९ ब्वाइज भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक ग्लेसियर इन्टरनेसनल कलेज र हिमरश्मिबीच प्रतिस्पर्धा हुँदैछ।

शान्तिनगरस्थित आयोजक ग्लेसियरको कोर्टमा शनिवार भएको सेमिफाइनलमा ग्लेसियरले एन्जल्स हार्टलाई ३–२ तथा हिमरश्मिले बानेश्वर क्याम्पसलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: ९ भाद्र २०८१ ०७:२९ आइतबार