खेल

टेबलटेनिस संघमा हमाल निर्विरोध

अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।

उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् । शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल सदस्यमा चयन भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले नयाँ कार्यसमितिले ४ वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित: ८ भाद्र २०८१ १९:५६ शनिबार

#All Nepal Table Tennis Association #Brijendra Bahadur Hamal