खेल

जापान जाने वादोरियो टोलीको बिदाइ

नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।

अगष्ट २४ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।पुरुष ६० केजीमुनि एलन श्रेष्ठ, ६७ केजीमुनि अनिल उपरकोटी र ३५ केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ४० केजीमुनि सुस्मिता वाइबाले खेल्ने छिन् ।

एलन छैटौं, सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । सुस्मिताले सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । आरोनले मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । अनिलको भने यो ुडेब्युु अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

टोली प्रमुखमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियलमा राजु अधिकारी छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार खुमल्टारमा एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा, सचिव बिआर मित्रलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: ४ भाद्र २०८१ १९:१८ मंगलबार

#Ninth International Wadorio Karate Tournament