खेल

महेन्द्रनगरद्वारा विराटनगरसामु १६९ रनको लक्ष्य प्रस्तुत

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ससामु रनको १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनायो।

महेन्द्रनगरका लागि पुनित मेहराले नटआउट ३८,बिनोद भण्डारीले ३५, पुनित बिष्टले २४, आरिफ शेखले २०,हरिशंकर शाहले १९ र रोहीत कुमार पौडेलले नटआउट ९ रनको योगदन दिए। विराटनगरका लागि मंजित श्रेष्टले २ तथा शुब्हाम कामत र कप्तान पारस खडकाले एक–एक विकेट लिए।

विराटनगर किङ्सको कप्तानमा पारस खड्का र महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी छन्। यसअघि आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App