खेल

क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै उनले भने, क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु।

उनले धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाए।

मन्त्री चौधरीले नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्‍दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए।

अब नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ, उनले भने, यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ। यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ।

नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठूलो टेवा पुग्‍नेमा उनको जोड थियो।टी–२० फ्रेन्चाइज नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदैछ।  मंसिर १५ देखि हुने प्रतियोगिता पुस ६ सम्म चल्नेछ।

प्रकाशित: ३ भाद्र २०८१ २१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App