खेल

नेपाली टीमलाई भारतीय तीव्र गतिका बलर मोहम्मद शमीको टिप्स

नेपाली पुरुष क्रिकेट टीम यतिबेला भारतमा अभ्यास गरिरहेको छ। त्रिकोणात्मक सिरिजका लागि क्यानडा जानु अघि नेपाली टीम अभ्यासका लागि भारत पुगेको हो। भारतमा रहेको नेपाली टीमसँग भारतीय क्रिकेटका दिग्गज तीव्र गतिका बलर मोहम्मद शमीले आफ्नो अनुभव साटेका छन्।

शमीले नेपाली टीमसँग बलिङ्ग गर्दा के के कुरामा ध्यान दिनेबारे टिप्सहरू दिएका हुन्।

शमी सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेट पछि टीमभन्दा बाहिर छन्। उनको कुरकुच्चामा चोट लागेका कारण उनी आराममा थिए।

बीसीसीआईले नेपाली टीमलाई मद्दत गर्ने उदेश्यका साथ नेपाली टीमलाई बढावा दिनका लागि बैङ्गलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा तालिमका लागि अनुमति दिएपछि नेपाली टीम भारत पुगेको हो।

नेपालले क्यानडामा क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने छ। जसका लागि अभ्यास गरिरहेको छ।

प्रकाशित: ३ भाद्र २०८१ ०९:२९ सोमबार

#mohammad shami #Nepal