खेल

जेकोले हार टारे

रोम – स्ट्राइकर इडेन जेकोले गरेको गोलमा एएस रोमाले बोलोग्नासँगको हार टारेको छ। इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा रोमा र बोलोग्नाने १–१ को बराबरी खेलेका हुन्।

१८औं मिनेटमा इरिक प्लुगारले गरेको गोलमा बोलोग्नाले अग्रता लिएको थियो । प्लुगारले फेर्डिको डि फ्रान्सिस्कोको पासलाई पोस्टको दिशा दिएका थिए । तर खेल सकिन १४ मिनेट बाँकी हुँदा जेकोले डिएगो पेरोटीको पासमा गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए।
यस नतिजापछि ३० खेलमा ६० अंक जोडेको रोमा तेस्रो स्थानमा यथावत् छ । एक खेल कम खेल्दै ७५ र ७३ अंक जोडेका युभेन्ट्स र नेपोली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३५ अंक जोडेको बोलोग्ना ११औं स्थानमा छ।

मड्रिड– स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा जिरोना र लेभान्टेले १–१ को बराबरी खेलेका छन् । ५४ औं मिनेटमा एलेक्स ग्रानेलले क्रिस्टियन पोर्टुको पासमा गरेको गोलमा जिरोनाले अग्रता लिएको थियो । खेल सकिन २२ मिनेट बाँकी हुँदा जोस लुइसले गरेको गोलमा लेभान्टे खेलमा फर्किएको थियो।

मोरोलेजले जेफरसन लेर्माको पासलाई जाली चुमाएका थिए । यस नतिजापछि ३० खेलमा ४४ अंक जोडेको जिरोना ४४ अंकका साथ सातौं र समान खेलमा २८ अंक जोडेको लेभान्टे १७औं स्थानमा छ।

प्रकाशित: १८ चैत्र २०७४ ०४:४० आइतबार

जेकोले हार टारे