खेल

डीपीएल क्रिकेट सुरु, टिम चौराह धनगढीलाई पहिलाे झड्का

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। खेल धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा दिउँसो १ः१५ बाट सुरू भएको हो।

प्रतियोगिताको पहिलो खेलमा अहिले साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको टिम चौराह धनगढीले १ विकेट गुमाएकाे छ।

ताजा अवस्थामा धनगढीले ७ ओेभरमा १ विकेटकाे क्षतिमा ६२ रन बनाएको छ। उसका लागि पुनित मिश्र ९ रन बनाएर अाउट भएका छन। अहिले क्रिजमा सुनिल र धमला र शंकर राना खेलिरहेका छन्।

टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व गरिरहेका छन्।

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ।
 

प्रकाशित: १७ चैत्र २०७४ ०७:५४ शनिबार

डीपीएल क्रिकेट सुरु टिम चौराह धनगढीलाई पहिलाे झड्का