खेल

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ। गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोलले हराएको हो। स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो।

अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे। खेलमा अग्रता भने फ्रान्सले लिएको थियो। उसका एन्जो मिलोटले ११ औँ मिनेटमा गोल गरे। त्यसको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी गर्‍यो। २५ औँ मिनेटमा लोपेजको गोलमा नै स्पेनले अग्रता बनायो।

लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे। इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो।

निर्धारित समय तीनरतीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा दुई गोल गरेको स्पेनले स्वर्ण जित्यो। यसअघि स्पेनले इंग्ल्यान्डलाई हराएर युरो–२०२४ को उपाधि पनि जितेको थियो।- एजेन्सी

प्रकाशित: २६ श्रावण २०८१ ०८:३७ शनिबार

#spain #Paris Olympics – 2024 #france