खेल

शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं – फिटनेस फस्ट क्लबले यसै महिना मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिपको चौथो संस्करण गर्ने भएको छ।

काठमाडौंमा यही चैत २४ गते हुने प्रतियोगितामा फिटनेस फस्ट क्लबका सतुङगल, थानकोट र ढुङगेअड्डा शाखाका खेलाडीको मात्र सहभागीता रहने क्लबका अध्यक्ष राजकुमार कुँवरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए।

फिटनेस फस्ट शारीरिक सुगठन प्रतियोगितामा ६० केजी मुनी, ६० देखि ७० केजी र ७० केजी माथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक विधामा ७–७ खेलाडीको सहभागीता रहने बताइएको छ। तीनै विधाका विजेताबीच पुनः प्रतिस्पर्धा हुने र  यसका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः ३५ हजार, २० हजार र १५ हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै मेन्स फिजिक प्रतिस्पर्धामा १ सय ६५ केजी मुनी र १ सय ६५ केजी माथि गरी दुई तौल समूहमा प्रतिस्पर्धा हुनेछन्। दुवै विधाका विजेताले १५ हजार रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: १७ चैत्र २०७४ ०१:४२ शनिबार

शारीरिक सुगठन प्रतियोगिता हुने