खेल

रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रश्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

शनिवार सम्पन्न पार्टीको बन्द कार्यशालाले पार्टीको महाधिवेशन गर्ने गरी मिति समेत तय गर्ने गरी पार्टीको केन्द्रीय समितिलाई सो सुझाव दिएको हो।

त्यसै गरी बैठकले पार्टीको राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्त भित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णय पनि गरिएको पार्टीका कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। 

पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको बाचा पत्र लगायत अन्य दस्ताबेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने पनि बैठकमा सहमति भएको छ। संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन रास्वपाले  जन आवाज अभियान समिति गठन पनि गर्ने भएको छ।

रास्वपाले आगामी साता सातै प्रदेशमा पनि बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रीय तहका नेताहरुलाई सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित: १९ श्रावण २०८१ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App