खेल

काभा बिच भलिबलमा नेपालको पहिलो जित

नेपाली राष्ट्रिय पुरुष टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।

थिम्पुमा शुक्रबार बिहान भएको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सेटमा पराजित गरेको हो।

पहिलो सेट २१–१४ ले जितेको मान र दिलको जोडीले दोस्रो सेटमा पयिन समान २१–१४  को सहज जित निकाल्यो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग २–० कै सोझो सेटमा पराजित भएको थियो।

महिलातर्फ भने नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकालेको थियो।  

च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले खेल्नेछन्। नेपालबाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन्। 

प्रकाशित: १८ श्रावण २०८१ १५:३३ शुक्रबार

#Kava Volleyball