खेल

तेक्वान्दो च्याम्पियनसिप कात्तिकमा

चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप कात्तिकमा हुने भएको छ। नेपाल तेक्वान्दो संघको आयोजना हुने प्रतियोगिता कात्तिक २३ गते देखि २८ गतेसम्म हुनेछ। विश्व तेक्वान्दोबाट ‘जी वान’ वरीयताक्रमको मान्यता प्राप्त गरेको प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने संघले जनाएको छ।

संघका प्रवक्ता साम्राज्यविक्रम पाण्डेका अनुसार प्रतियोगितामा क्याडेट, जुनियर, सिनियर पुम्से र जुनियर तथा सिनियर क्योरोगी विधा समावेश गरिएको छ। दक्षिण एसियाली मुलुकलगायत करिब २५ राष्ट्रका दुई हजारभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। सन् २०११ र २०१३ मा काठमाडौंमा पहिलो तथा दोस्रो र २०२२ मा पोखरामा तेस्रो संस्करण सम्पन्न भएको थियो।

यस प्रतियोगिताको आगामी चौथो संस्करणलाई अझै भव्य रूपमा आयोजना गर्ने लक्ष्य रहेको उनले बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा ३५ सदस्यसीय मूल आयोजक समिति गठन गरिएको छ।

प्रकाशित: १७ श्रावण २०८१ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App