खेल

१४ औं ओभरमा नेपाललाई पहिलो सफलता

एसिसी महिला एसिया कप क्रिकेट अन्तरगर्तको भारतविरुद्धको जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

नेपालका लागि सीता राना मगरले १४ औं ओभरमा टिमलाई पहिलो विकेट दिलाएकी हुन्। भारतीय ओपनर दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर क्याच आउट भइन्। यसक्रममा उनले एक छक्कार ४ चौका प्रहार गरिन्।

उनकाे बल रुबिना क्षेत्रीले क्याच गरेकी थिइन्।

प्रकाशित: ८ श्रावण २०८१ २०:१७ मंगलबार