खेल

एसिसी महिला एसिया कप : पाकिस्तानद्वारा युएई पराजित, नेपालको सेमिफाइनल आशा न्यून

श्रीलङ्कामा जारी एसिसी महिला एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई  हराएको छ । 

लिग चरणको अन्तिम खेलमा पाकिस्तानले युएईलाई १० विकेटको भारी अन्तरबाट हराएपछि नेपालको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ । मंगलबार साँझ नेपालले आफ्नो अन्तिम खेलमा भारतलाई हराएर मात्र पुग्दैन भारी अन्तरले हराएर रन रेटमा पाकिस्तानलाई पछि पार्न सके मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ। 

यस अघि पाकिस्तान विरुद्ध युएईले पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १०३ रन बनाएको थियो । जवाफमा पाकिस्तान १४ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई सहज जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । पाकिस्तान पहिलो खेलमा भारतसंग पराजित भएको थियो ।

दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो ।नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो । भारतले यस अघि खेलका दुवै खेल जितेको छ  । 

चार टोली सहभागी समूह ए बाट उत्कृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछ ।नेपाल र भारतबिचको खेल मंगलबार साँझ ७ः १५ देखि सुरु हुनेछ ।  

प्रकाशित: ८ श्रावण २०८१ १७:४२ मंगलबार