खेल

एसिसी महिला एसिया कप : पाकिस्तानविरुद्ध नेपालले १०८ रन बनायो

एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले १०८ रन बनाएको छ ।

टस हारेर पहिला व्याटिङ  गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको हो ।  

नेपालका लागि सबैभन्दा वढि कविता जोशीले नट आउट  ३१ रन बनाइन । उनले २३ बलमा १ छक्का र ४ चौक्का सहित ३१ रन बनाएकी हुन  ।त्यसैगरी सिता रानामगरले ३० बलमा ३ चौक्कासंगै २६ रन बनाईन । पुजा महतोले ३२ बलमा  ३ चौक्कासहित २५ रनको योगदान दिइन । युएई विरुद्ध ७२ रनको पाली खेलेकी सम्झना खड्का ४ रन बनाएर पहिलो ओभरमै आउट भईन । रुविना क्षेत्रीले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा सुन्य रनमा आउट भईन । कविता कुँवरले १३ बलको सामना गर्दै ३ चौक्कासहित १३ रन बनाइन ।  

पाकिस्तानका लागि सादिया इकबालले २ विकेट तथा  फातिमा सानाले १ विकेट लिए भने नेपालका ३ जना व्याटर रन आउट भएका थिए ।

समूह एमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछ। आइतबार नै भएको अर्को खेलमा भारतले यूएईलाई ७८ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ।

नेपालले पाकिस्तानलाई पराजित गरे नेपालसँगै भारत पनि अन्तिम चारमा प्रवेश गर्नेछन्। पाकिस्तान र यूएई एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने छन्। पाकिस्तानसँग पराजित भए नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार भारतलाई हराउनु पर्नेछ। साथै पाकिस्तान र यूएईबीचको खेलको नतिजा पनि कुर्नु पर्नेछ।

प्रतियोगिताको उद्दघाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै इतिहास बनाएको नेपाली महिला टोली पाकिस्तानविरुद्ध पनि सोही लय कायम राख्ने योजनामा हुनेछ। सन् २०१२ र ०१६ मा एसिया कप खेलेपनि नेपालले सबै ९ खेलमा हार भोगेको थियो।  

प्रकाशित: ६ श्रावण २०८१ २०:४५ आइतबार