एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालकी कप्तान इन्दु बर्मा र कविता कुँवर लगातार आउट भएपछि नेपालले तीन विकेट गुमाएको छ । कप्तान इन्दु बर्मा सुन्य रनमा तथा कविता कुँवर १३ रन बनाएर आउट भईन । यस अघि पहिलो ओभरमै नेपालकी सम्झना खड्का आउट भएकी थिइन ।
युएईविरुद्ध ७२ रन बनाएकी सम्झाना खड्का पहिलो ओभरको पाँचौ बलमा एक चौक्का प्रहार गर्दै आउट भएकी हुन ।
ताजास्थीतीमा नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ३२ रन बनाएको छ । सिता मगर र रुविना क्षेत्री क्रिजमा छन । श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो ।
प्रकाशित: ६ श्रावण २०८१ १९:४९ आइतबार