खेल

महिला एसिया कप : भारतविरुद्ध पाकिस्तान पहिले ब्याटिङ गर्दै

महिला एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तानबिच खेल भइरहेको छ । 

श्रीलङ्काको दम्बुलामा भइरहेको यी दुई बिचको खेलमा पाकिस्तानी कप्तान निदा दारले टस जितेर पहिले ब्याटिङ रोजेकी हुन । 

ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा ३ विकेट गुमाएर ५३ रन बनाएको छ । 

पाकिस्तान र भारतकै समूहमा रहेको नेपाली टोलीले शुक्रबार नै भएको खेलमा युएईलाई ६ विकेटबाट हराएर विजयी शुरुवात गरेको छ । 

प्रकाशित: ४ श्रावण २०८१ १९:५७ शुक्रबार