खेल

चौकाको वर्षा गर्दै सम्झनाले पूरा गरिन् अर्धशतक

एसीसी महिला एसिया कपमा प्रतियोगिता २०२४ अन्तर्गतको जारी नेपाल र यूएईबीचको खेलमा नेपालका लागि सम्झना खड्काले अर्धसतकीय पारी खेलेकी छन्।

उनले मात्र ३५ बलको सामना गर्दै ५० रन बनाइन्। यस क्रममा उनले ८ चौका प्रहार गरिन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।

हाल १३.१ ओभरको खेल चलिरहँदा नेपाल तीन विकेटको क्षतिमा ८८ रन बनाएर खेलिरहेको छ। यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपाललाई खेल जित्न ११६ रनको आवश्यक छ।

प्रकाशित: ४ श्रावण २०८१ १७:१२ शुक्रबार