खेल

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेको केन्द्रीय डोजोको निरीक्षण गरेकी हुन्।

सो अवसरमा मन्त्री मगरले खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने महŒवपूर्ण माध्यम भएको बताउँदै खेलकुदले कुनै पनि राष्ट्रको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्नुका साथै देशको अर्थतन्त्र माथि उकास्न पनि सहयोग पुर्‍याउने धारणा व्यक्त गरिन्। मन्त्री मगरले केन्द्रीय डोजोलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले क्योकुसिन करातेको इतिहास र उपलब्धिबारे प्रकाश पारेका थिए। सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धर, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए।

प्रकाशित: २ श्रावण २०८१ ०७:४५ बुधबार

#Minister of Youth and Sports came to Rama #Nepal Kyokushin Karate Do Association #Bagmati Pradesh