खेल

खेलकुदमन्त्रीलाई कर्मचारीको बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ। कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी खेलकुदमन्त्री चौधरीलाई बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए। सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो।

सो अवसरमा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै यस विषयमा सरोकारवाला सबैसँग छलफल गर्ने बताए। 

अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्वखेलकुदमन्त्री डिगबहादुर लिम्बू र सदस्यसचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउँदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन (ओ एन्ड एम सर्भे) तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरे।

प्रकाशित: २ श्रावण २०८१ ०७:४० बुधबार

#Sports Minister Tejulal Chaudhary #Congrats #Employees Union