खेल

विम्बल्डन टेनिसः उपाधिका लागि जोकोभिच र कार्लोसबीच प्रतिस्पर्धा हुने

महिला एकलतर्फको उपाधि बार्बोरालाई

विम्बल्डन टेनिसमा पुरुष एकलतर्फको उपाधि भिडन्त आइतबार राति हुँदैछ ।  

नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा सर्बियाका नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो वरीयाताका जोकोभिच इटलीका लोरेन्जो मुसेट्टीलाई सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका हुन् । 

फाइनलमा कार्लोसलाई हराउन सके जोकोभिचले आफ्नो करीयरमा २५औं ग्रान्डस्लाम टेनिसको उपाधि जित्नेछन् । यो वर्ष भने उनले कुनै ग्रान्डस्लाम उपाधि उचाल्न सकेका छैनन् ।

डिफेन्डिङ च्याम्पियन स्पेनका कार्लोस पनि आफ्नो करीयरमा चौथो ग्रान्डस्लाम उपाधिको खोजीमा हुनेछन् । अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएका २१ वर्षे उनले फ्रेन्च ओपनको भने उपाधि जितेका थिए ।  

महिला एकलतर्फको उपाधि बार्बोरालाई  

महिला एकलतर्फको उपाधि भने चेक रिपब्लिककी बार्बोरा रेज्सिकोभाले जितेकी छन् । शनिबार राति भएको उपाधि भिडन्तमा ३२औं वरीयाताकी उनले सातौं वरीयताकी इटालियन जस्मिन पाउलिनीलाई २-१ को सेटमा पाखा लगाइन् । 

तस्बिर: बीबीसी

बार्बोराको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । उनले सन् २०२१ मा फ्रेन्च ओपनको उपाधि उचालेकी थिइन् । 

प्रकाशित: ३० असार २०८१ १३:२१ आइतबार

#Wimbledon Tennis 2024 # Novak Djokovic #Carlos Alcaraz #Jasmine Paolini #Barbora Krejcikova