खेल

कोशीलाई मुख्यमन्त्री कप भलिबलको उपाधि

दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशले जितेको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–३ को सेटमा हराउँदै उपाधि हात पारेको हो।

कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौ सेटमा १५–१३ ले पराजित गरेको थियो।

प्रतियोगिताको फाइनल खेल बुधबार आयोजना गर्ने तालिका अनुसार खेल सुरुवात भए पनि खराब मौसमका कारण प्रकाश (लाइट) कम भएपछि बिहीबार पुनः फाइनल खेल खेलाउनु परेको प्रतियोगिता संयोजक तथा बोर्ड सदस्य थालु राज भण्डारीले जानकारी दिइन्। बुधबार तेस्रो र चौथो स्थानका खेल सम्पन्न भएको थियो।

उपाधिका साथ कोशीले ३ लाख रुपैयाँ र ट्रफी प्राप्त ग¥यो भने दोस्रो भएको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र ट्रफी हासिल गरेको थियो। तेस्रो स्थान मधेस प्रदेशले ७५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार बाग्मतीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो। प्रतियोगितामा ४ वटा प्रदेशको मात्रै सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भइन्। उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् भने मधेस प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन्।

खेलाडीहरुलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २७ असार २०८१ १८:११ बिहीबार