खेल

तेस्रो ट्वान्टी–२० खेलमा भारतद्वारा जिम्बाबे पराजित

जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारत बिजयी हुँदै शृंखलामा २- १ को अग्रता लिएको छ ।

जिम्बाबेको हरारेमा बुधबार भएको  खेलमा भारतले घरेलु टोलीलाई  २३ रनले हराएको हो ।

यस अघि भारतका  कप्तान शुभमन गिलले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर  १८२ रन बनाएको थियो। जवाफमा जिम्बाबेले  निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो र खेल २३ रनबाट हार्न पुग्यो। 

जिम्बाबेका लागि सबै भन्दा बढी डियोन मायर्स नटआउट ६५ तथा क्लाइभ मडान्डेले  ३७ रन बनाए ।भारतका   वासिङ्टन सुन्दरले ४ ओभरमा १५ रन खर्चेर  ३ विकेट लिए । त्यसै गरी आवेश खानले  ४ ओभरमा ३९ रन दिएर २ विकेट लिए ।

भारतको पालोमा सबै भन्दा बढी कप्तान शुभमन गिलले ६६ रन बनाए । उनले ४९ बलमा ७ चौक्का र ३ छक्का प्रहार गरेका थिए । त्यसै गरी रुतुराज गायकवाडले ४९, यशस्वी जैस्वालले ३६, सञ्जु सैमसनले १२ तथा  अभिषेक शर्माले १० रन बनाए। जिम्बाबेका लागि कप्तान सिकन्दर रजा र ब्लेसिङ मुजराबानीले दुई दुई विकेट लिए ।

विश्वकप जिते लगतै जिम्बाबेको भ्रमण गएको भारतीय टोली पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जिम्बाबेलाई १०० रनले हराएको थियो।

प्रकाशित: २६ असार २०८१ २०:१८ बुधबार

#india #Zimbabwe #Twenty20 series