खेल

युरोकपको फाइनलमा पुग्न नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेल बुधबार राति हुँदैछ।

दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल बुधबार राति जर्मनीको बर्लिनमा १२ः ४५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्सले टर्कीलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो।  इंग्ल्याण्ड स्विट्जरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोलले हराएर सेमिफाइनलमा पुगेको हो । यी दुईबीचको बिजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि मंगलबार राति भएको खेलमा स्पेन फ्रान्सलाई २ -१ गोलले हराउँदै फाइनलमा पुगेको हो । 

इंग्ल्याण्ड स्विट्जरल्याण्ड हराएर लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ।  यसअघि २०२१ मा आफ्नै देशमा भएको युरो कपको फाइनलमा  इंग्ल्याण्ड इटलीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो । इंग्ल्याण्डले अहिलेसम्म युरो जित्न सकेको छैन ।

नेदरल्याण्ड्सले सन् १९८८ मा युरो कपकाे उपाधि जितेको थियो । नेदरल्याण्ड्स २० वर्षपछि युरो कपको  सेमिफाइनल खेल्दैछ । यसअघि सन् २००० र २००४ मा सेमिफाइनल पुगेको नेदरल्याण्ड्स त्यो बेला पराजित भएको थियो ।

इंग्ल्याण्ड र नेदरल्याण्ड्सबिच अहिलेसम्म २२ पटक एक आपसमा खेल भएको छ । नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने इंग्ल्याण्ड ६ खेल जित्न सफल  भएको छ । ९ खेल भने बराबरीमा सकिएको छ ।

प्रकाशित: २६ असार २०८१ १९:०६ बुधबार

#england #Euro Cup 2024 # Netherlands