खेल

नेपालद्वारा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सुरे भिलेजमा बुधवार भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०६ रन बनायो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ रन बनाइन्। अन्य कुनैपनि खेलाडीले खासै रन जोड्न सकेनन्।

यसअघि मङ्गलवार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको थियो।

जुलाई १९ देखि सुरु हुने एसिसी महिला एसिया कपमा सहभागिता जनाउन नेपाल तयारीस्वरुप अभ्यास खेल खेलरहेको छ।

प्रकाशित: २६ असार २०८१ १३:१६ बुधबार

#ACC Women's Asia Cup #indu barma nepal