खेल

भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा गम्भीर

भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन्। बीसीसीआईका सचिव जय शाहले पूर्व क्रिकेटर गम्भीरलाई भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका छन्।

भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गम्भीरको नाम चर्चामा थियो।

भारतीय क्रिकेट टीमका नयाँ मुख्य प्रशिक्षकको कार्यकाल ३ वर्षको हुनेछ।

४२ वर्षीय गम्भीरले सन् २०१८ को डिसेम्बरमा क्रिकेटबाट सन्यास लिएका थिए। उनले १४७ एकदिवसीय खेलेका छन् भने ३७ टी–२० इन्टरनेशनल म्याचमा ७ अर्धशतकको सहयोगमा ९३२ रन बनाएका छन्।

उनको नेतृत्त्वमा इन्डियन प्रिमियर लिगमा कोलकोत्ता नाइट राइडर्सले २ पटक उपाधि पनि जितेको छ।

यसअघि राहुल द्रविड भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षक थिए।

प्रकाशित: २६ असार २०८१ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App