खेल

एसिया कप वुमेन्समा जितका लागि नेपाली टीमलाई केकीले दिइन् शुभकामना

नायिका केकी अधिकारीले नेपाली महिला क्रिकेट टीमलाई एसिया कप वुमेन्समा जितका लागि शुभकामना दिएकी छिन्।

उनले सामाजीक सञ्जालमार्फत् नेपालले सहभागीता जनाउन लागेको सन् २०२४ को एसिसी एसिया कप वुमेन्समा राम्रो प्रदर्शन र जितका लागि शुभकामना दिएकी हुन्।

उनले लेखेको छिन्, ‘ खेल मैदानमा उडान होस् आकाश जत्तिकै उच्च, साहस र सपनाले सजाओस् जितको यात्रा !! आउनुहोस् हाम्रा नेपाली छोरीहरुलाई साथ र समर्थन दिनुहोस्। एशिया कपका लागि नेपाली महिला क्रिकेट टिमलाई हामी सबै नेपालीको हार्दिक शुभकामना !!’

आगामी जुलाई १९ बाट सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्नेछ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला क्रिकेट टीम आइतवार नै श्रीलङ्काको राजधानी कोलम्बो पुगिसकेको छ।

प्रकाशित: २४ असार २०८१ ०७:५९ सोमबार

#nepali womens cricket team #Nepal #keki adhikari