खेल

कुशल र सिर्जनालाई स्वर्ण

कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबल टेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्। सिंगल्सको पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलो भएका हुन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा कुशलले कृष्ण दाहाललाई ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे। युवराज लामा र प्रसाईं रुम्बा तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल दृष्टिविहीन टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा सिर्जनाले रश्मि डंगोललाई ११–७ र ११–४ को सोझो सेटमा हराइन्। प्राप्ति उपाध्याय र संगीता घिमिरे तेस्रो बने।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २४ असार २०८१ ०७:१३ सोमबार

#Kushal-Neupane #Srija-Chaudhary