खेल

यु–२० टोलीको व्यवस्थापकमा रविन

नेपाली यु–२० राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा रविन खड्का नियुक्त भएका छन्। एन्फा कम्प्लेक्समा आइतबार एन्फा महासचिव किरण राईले खड्कालाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

खड्का सातदोबाटो युथ क्लबका महासचिवसमेत हुन् । एन्फाले यसअघि नै उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा शशिचन्द्र धिमाल र राजु सिंह नियुक्त भएका छन्। 

आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुला खेलाडी छनोट भइरहेको छ। नेपालले पहिलो उद्घाटन खेल श्रीलंकासँग खेल्ने तय छ।

नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश र पाकिस्तान छन्। अर्को समूहमा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

प्रकाशित: २४ असार २०८१ ०७:०९ सोमबार

#Nepali U-20 #National Men's Soccer