खेल

४३ लागे धोनी

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी ४३ वर्ष लागेका छन्।

भारतीय क्रिकेट जगतका दिग्गज मानिने धोनीले आज आफ्नो ४३ औँ जन्मदिन धुमधामका साथ मनाएका छन्।

उनले बलिवुडका भाइजान सलमान खानसँग केक काटेका छन्।

भारतको राँचीमा १९८१ जुलाई ७ का दिन जन्मेका धोनीले आफ्नो कप्तानीमा भारतलाई २८ वर्ष पछि एकदिवसीय क्रिकेटको उपाधी दिलाएका थिए भने आईसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि पहिलोपटक दिलाएका थिए।

क्रिकेटको तीन वटै फर्मयाटबाट सन्यास लिइसकेका धोनी पछिल्लो समय इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्ग्सबाट खेल्दै आएका छन्।

प्रकाशित: २३ असार २०८१ १०:०५ आइतबार

#mahendra singh dhoni #thala #indian cricket