खेल

नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा

नेदरल्यान्ड्स युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

ओलम्पिक स्टेडियममा गयराति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको टर्कीलाई २–१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो।

खेलमा सुरुआती अग्रता टर्कीले लिएको थियो। ३५औं मिनेटमा अर्दा गुलरको पासमा समेत अकायदिनले गोल गरेका थिए। तर, ७०औं मिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए उनले मेम्फिस डिपेको पासमा गोल गरे।

७६औं मिनेटमा मेर्ट मुल्दुरले आत्मघाती गोल गर्दा नेदरल्यान्ड्स २–१ ले विजयी भइसकेको थियो। इन्ज्युरी समयको छैटौं मिनेटमा बेर्तुग यिल्दिरिमले रातो कार्ड पाउँदा टर्की १० खेलाडीमा समिति भएको थियो।

प्रकाशित: २३ असार २०८१ ०९:०६ आइतबार

#Euro Cup 2024 #Netherlands