खेल

युरोकप २०२४ : स्पेन सेमिफाइनलमा, आयोजक जर्मनी अतिरिक्त समयमा पराजित

युरोकप २०२४ को स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।

एमएचपी एरेनामा शनिबार राति भएको खेलमा स्पेनले जर्मनीलाई २-१ गोलले पराजित गर्यो। ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, फ्लोरियन विर्ट्जले ८९अौं मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए। 

प्रतिस्पर्धात्मक खेलको ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याए।

अन्तिम केही मिनेट भने स्पेन १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयमा ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए।

प्रकाशित: २२ असार २०८१ ०९:११ शनिबार

#spain #germany #EuroCup 2024