खेल

आर्मी च्याम्पियन

नेपाल आर्मी १६औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा ६ स्वर्ण, पाँच रजत र सात कांस्यसाथ नेपाल प्रहरी दोस्रो भयो। तेस्रो स्थानको एपिएफले पाँच स्वर्ण, तीन रजत र चार कांस्य हात पार्‍यो। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पारे।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलातर्फ पुरुषमा आर्मीका विजय सिन्जाली तथा महिलामा प्रहरीकी निमा घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भइन्। सान्डाको पुरुषमा एपिएफका रोहित चुनारो तथा महिलामा आर्मीकी एलिना चौधरी उत्कृष्ट खेलाडी चुनिए।

विजेतालाई राखेपका सदस्य एवं आयोजक महासंघका अध्यक्ष जनक बर्तौलालगायतले पुरस्कृत गरे। तीनदिने प्रतियोगतामा पाँच प्रदेश र तीन विभागीय गरी पाँच टोलीका एक सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन्।

प्रकाशित: २२ असार २०८१ ०७:३४ शनिबार

#16th National Usu Tournament #Nepal Army Team Champion