खेल

मोदीले भेटे विश्वकप विजेता भारतीय क्रिकेट टोली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीलाई भेटेका छन्।

वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको टि–२० विश्वकप जितेर स्वदेश फर्किएको भारतीय क्रिकेट टोलीलाई प्रधानमन्त्री मोदीले भेटेका हुन्।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्ड्या, स्टार क्रिकेटर विराट कोहली, जसप्रित बुमराह, रवीन्द्र जाडेजा लगायतको १५ सदस्यीय टोलीलाई नै बोलाएर मोदीले भेटेका छन्।

टोलीसँगै भारतीय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक राहुल द्रभिड र बिसिसिआईका पदाधिकारीहरू पनि समावेश छन्।

भेटमा लिइएका सामूहिक तस्बिरहरू मोदीले आफ्नो सामाजिक सञ्जालका पेजहरूमा सेयर गरेका छन्। जसमा उनले एउटामा गोलमेच गरेर छलफल गरिरहेको र अर्को तस्बिर सामूहिक फोटो सेसनको छ।

नेपाल समेत सहभागी भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय क्रिकेट टोलीले दोस्रो पटक टी–२० विश्व च्याम्पियन बनेको थियो।

प्रकाशित: २० असार २०८१ १५:०५ बिहीबार

#Narendra Modi #t20 world cup cricket